भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एमालेले माधव नेपाल पक्षका २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यसहित ३२ जना नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको छ । पार्टीको नेतृत्वविरुद्ध लागेको र नीति उल्लङ्घन गर्दै नयाँ दल गठन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ जना सङ्घीय सांसद र पाँच जना नेतालाई तीन दिने स्पष्टीकरण सोध्नुभएको हो ।
स्पष्टीकरणपत्रमा पार्टीको विधानमा उल्लेख भएअनुसार ३२ जना नेताहरूले नयाँ दल गठन गरेको मानिएकाले तपाईँहरूलाई सांसद पद र पार्टी सदस्यबाटै किन नहटाउने ? भनेर प्रश्न गरिएको छ । सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
सूर्य चिह्नकाे दुरुपयोग गरेको, पार्टीलाई बदनाम गराएको, अर्को पार्टी खोलेको र मूल पार्टीले दिएका लिखित र मौखिक निर्देशन नमानेको आरोप पनि स्पष्टीकरण पत्रमा उल्लेख छ । पार्टीविरुद्धका गतिविधि कायमै रहेमा जुनसुकै बेला थप कारबाही हुन सक्नेतर्फ सचेत गराउँदै सच्चिएर पार्टीमा फर्कन मौका दिएर स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ ।
एमालेमै फर्कने प्रतिबद्धतासहितको स–प्रमाण जवाफ पेस भएमा कारबाहीको बारेमा पार्टीले विचार गर्न सक्ने अन्यथा जुनसुकै बेला कठोर कारबाही हुन सक्ने एमालेले चेतावनी दिएको छ ।
सङ्घीय सांसदहरू माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधिएको छ ।
यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो ।
यस्तै कर्णाली प्रदेशका प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा,कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।