अति प्रभावित देशहरुमा कोरोनाको नयाँ लहरकाे प्रभाव, फ्रान्समा तेस्रो लहरको सङ्केत

 वैशाख १३, २०७८ सोमबार ६:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसका कारण अति प्रभावित देशहरुमा नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ ।

सबैभन्दा धेरै भारतमा हरेक दिन सङ्क्रमण दर उच्च भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ५४ हजार ५ सय ३१ जना सङ्क्रमित थपिएका छन् भने २ हजार ८ सय ६ जनाको ज्यान गएको छ ।

भारतको महाराष्ट्र, नयाँ दिल्लीलगायत ठाउँहरुमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । ती राज्यहरुमा सङ्क्रमित राख्ने शैया र अक्सिजन अभाव भएको छ । यस्तै कोरोनाले धेरै प्रभावित देश फ्रान्समा कोरोनाको तेस्रो लहरको शंका गरिएको छ ।

कोरोना सङ्क्रमित एक्कासी धेरै बढेसँगै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सङ्क्रमणको तेस्रो लहर सुरु भएको हुन सक्ने शंका गर्नुभएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै साढे २४ हजार सङ्क्रमित थपिएका छन् भने १४५ जनाको ज्यान गएको छ ।

यस्तै कोरोनाले अति प्रभावित अमेरिका र ब्राजिलमा पनि नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ ।

अन्तिम अपडेट: जेठ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया