सिन्धुलीको गोलञ्जोरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो :पाँ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नर स्थापना भएको २२ वर्ष पूरा भएको छ ।
स्थापनाको २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेशको अवसरमा कम्यूनिकेसन कर्नरले कोभिड महामारीबीच चलेका अफवाह र हल्लालाई हराउन सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय खबर र विश्लेषणमा अझै दत्तचित्त भएर लाग्ने प्रण गरेको छ ।
संस्थाले विश्वसनीय समाचार र कार्यक्रम निर्माण र प्रसारणको २३ वर्षे यात्रामा साथ दिनुहुने र सहयोग गर्नुहुने श्रोता, पाठक, साझेदार, सहयोगी तथा शुभेच्छुकहरुप्रति हार्दिक नमन र आभार पनि व्यक्त गरेको छ ।
शिक्षा, सूचना र जानकारीमार्फत नागरिकको सशक्तीकरणमा जोड दिने, गाउँ र नागरिकका समस्या र उपलब्धीसँगै राष्ट्रिय चासो र सरोकारमा बहस गर्ने तथा गाउँ र केन्द्रबीच अन्तरक्रियाको वातावरण बनाउने उद्देश्यले २०५५ साल वैशाख १६ गते कम्यूनिकेसन कर्नरको स्थापना भएको हो ।
स्थापना हुनुअघि नै कम्यूनिकेसन कर्नरले खोजखबर कार्यक्रमबाट रेडियो पत्रिकाको सुरुवात गरेको थियो । २०५७ भदौदेखि उज्यालोको सबैभन्दा लोकप्रिय कार्यक्रम कायाकैरन सुरु भयो । सुरुमा अडियो क्यासेट, इन्टरनेट, टेलिफोन हाइब्रिडबाट प्रसारण हुने कायाकैरन अहिले स्याटेलाइट प्रविधिमार्फत देशभरका विभिन्न एफएम रेडियोबाट प्रसारण हुन्छ ।
यसैगरी २०६८ साल भदौदेखि उज्यालोले अनलाइन पोर्टल ‘उज्यालो अनलाइन डटकम’ सञ्चालनमा छ । २०७२ माघदेखि मोबाइल एप्लिकेशन ‘उज्यालो’ समेत सुरु भएपछि उज्यालो रेडियो र अनलाइनको प्रसारण तथा प्रकाशन सहज र व्यापक हुन पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।