धेरै रिसाउने बानी छ ? यो कुरामा ध्यान दिनुहोस्

 भदौ ७, २०७५ बिहिबार ८:४३:२७ | विना न्याैपाने
unn.prixa.net

काठमाडाैं – रिस नभएका मान्छे कमै भेटिन्छन् । विभिन्न कारणले मान्छेलाई रिस उठ्छ । रिस बढ्दै गयो भने यसले नकारात्मक असर पार्छ ।

रिस र यसलाई नियन्त्रण गर्ने उपायबारे साथी विना न्यौपानेले शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सक डा. सरोज ओझासँग कुराकानी गर्नुभएको छ । 

अहिले जुनसुकै उमेर समूहको मानिसमा रिस बढ्दै गएको पाइन्छ, यसलाई कसरी बुझ्ने ?

सोच्दा या विचार गर्दा मान्छेमा एक प्रकारको भावना उतपन्न हुन्छ । त्यो भावना बाहिर व्यक्त गर्ने व्यवहार हो, त्यो व्यवहार विभिन्न किसिमका मानिसले व्यक्त गर्दछन् ।

खुसी भएको बेला खुसी र दुःखी भएको बेलामा दुःख व्यक्त गर्छ । रिसाउने भनेको कुनै बिरामी होइन । यो सामान्य अवस्था नै हो ।  रिसाउने पनि कुनै एउटा समय परिस्थिति हुन्छ । रिसाउनु रोग त होइन, तर यो सही ठाउँमा भएनर चाहिनेभन्दा बढी भयो भने यसले हाम्रो शरीरमा, मनमा, विचारमा र स्वास्थ्यमा नकरात्मक असर पार्न सक्छ ।

रिसाउने तरिका एउटै हुन्छ कि फरक फरक हुन्छ ?

धैरै फरक हुन्छ । केटा मान्छेको रिसाउने तरिका छुट्टै हुन्छ । उमेर अनुसार पनि फरक हुन्छ । सानो बच्चा हो भने रिसाउँदा आफ्नो घरको सामान बिगार्ने, फ्याँक्ने गर्न सक्छ । ठूलो मान्छे हो भने बढी कडा रुपमा रिसाउँदा घरको टेलिभिजन फुटाउने हुन्छ ।

कति मान्छे रिस उठेपछि रक्सी पिउने, चुरोट खाने गर्छ । महिलाहरुमा पनि स्कुल जाने किशोरीहरुले रिस पोख्नको लागि आफ्नो हात काट्ने पनि गर्छन् । कोही स्कुल नै जाँदैनन् , कोही सुतिदिन्छन् । रिसाउँदा व्यक्त गर्ने तरिका सबैको उमेर अनुसार फरक हुन्छ ।

कस्तो लक्षण देखियो भने रिस उठेको रहेछ भनेर बुझ्ने ?

सानोतिनो कुरामा नि  झर्किने स्वभावको ।

काममा ध्यान नदिने ।

त्यो मान्छे आफूलाई पनि असजिलो महसुस हुने ।

शरीरको विभिन्न भागमा पोलेको, झमझमाएको जस्तो हुने । 

मुटुको धड्कन बढ्ने । 

तत्काल प्रतिकृया दिने ।

खानेकुरा नखाने ।

के कारणले यस्तो लक्षण देखिन्छ ?

कारण धेरै हुन्छ, कसैलाई अफिसमा आफूले भने जस्तो भएन भने पनि रिस उठ्छ । कतिपयलाई हाफ्नो सम्बन्धमा चित्त बुझेन भने पनि रिस उठ्छ । कसैको शरीरमा स्ट्रस हर्माेन बढी भयो भने पनि रिस उढ्छ । त्योबेला उसको रक्तचाप पनि बढेको हुन्छ । 

रिसाउने केही हदसम्म नराम्रो नहोला, तर धेरै लामो समयसम्म भयो भने शारीरिक रुपमा पनि नकरात्मक प्रभाव पर्दछ ।

रिस बढेपछि कस्ता खालका समस्या निम्त्याउँछ ?

रिस कडा रुपमा भयो भने कसैको सम्बन्ध नै बिग्रन्छ ।

दैनिकी पूरा गर्न कठिन हुन्छ । भोक, निद्रा खलबलिन सक्छ । 

जिम्मेवारी पूरा गर्न सकेन भने जागिर पनि जान सक्छ ।

श्रीमान श्रीमतीमा रिस धेरै भयो भने सम्बन्ध बिच्छेद हुन सक्छ । 

कुनै पनि व्यक्तिको सामाजिक, मानसिक र शारीरिक समस्या हुन्छ ।

रिसलाई व्यवस्थापन गर्न सकिन्छ ?

सकिन्छ । जस्तै :

धेरै रिस उठ्ने वातावरण छ भने त्यो वातावरणबाट बाहिर निस्कने ।

पानी पिउने ।

रिसाएको बेलामा जे मन लाग्यो त्यै गर्नु हुँदैन । रिसाएको बेलमा विवेकले काम गर्नुपर्छ ।

समय लिएर सोच्नु पर्छ ।

आफ्नो दिमागलाई कतै लगाउनुपर्छ । जस्तै कसरत गर्ने, नाच्ने, म्युजिक सुन्ने ।

रमाईला पलहरु सम्झने, चिया कफी पिउने तथा सिनेमा हेर्ने गर्नुपर्छ । जसको कारणले रिसबाट उत्पन्न हुने नकरात्मक असर कम गर्न सकिन्छ । 

रिस उठ्नुभन्दा पहिला नै कस्तो साबधानी अपनाउन सकिन्छ ?

मानिसको मनोविज्ञान मानिस मानिसमा फरक फरक हुन्छ ।  त्यसैले आफ्नो मनोविज्ञानको बारेमा बुझी राख्नुपर्याे कि मलाई के गर्दा रिस उठ्छ भनेर । जुन रिस उठ्ने कारण छ त्यसलाई पहिला नै थाहा पाउनु पर्छ ।

जस्तै कसैलाई घरमा गएर पकाएको खाना मिठो लाग्दैन भने पहिला नै मिठो बनाउने प्रयास गर्नु पर्याे । आफ्नो नजिकको मान्छेले आफूले भनेको कुरा राम्रोसँग सुनेन भने रिस उठ्न सक्छ, त्यसको लागि सुन्नेगरी भन्न सक्नु पर्याे । अनि कसैले भनेको कुरामा तुरुन्त प्रतिक्रिया गर्न हुँदैन । तुरुन्तै प्रतिकृया दिंदा त्यसले आफ्नो परिवार, समाज र आफूलाई कस्तो असर गर्छ भनेर सोच्नुपर्ने हुन्छ ।

त्यसैले आफ्नो मनोभावनालाई नियन्त्रणमा राख्नुपर्छ ।  रिस नउठ्नको लागि पहिला नै सावधानी अपनाउने हो रिस उठे पनि रोक्न सकिन्छ । रिस एक किसिमको बाहिर निस्कने मनको भावना हो । रिसाउनै हुँदैन भन्ने होइन कि त्यसलाई सकारात्मक रुपमा लिनु पर्छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

3 Comments

  • सुदेश रेग्मी

    Aug. 24, 2018, 7 a.m.

    सकारात्मक सोचका संवाहक मनोचिकित्सक डा वझाका सल्लाह सुझाव नियमित पढ्न पाइयोस् । हाँसि खुसी जीउनका लागी ...

  •  0 Reply
  • Madan Risal

    Aug. 24, 2018, 4:56 a.m.

    Intresting and thoughtful article of dr ojha

  •  0 Reply
  • Rinjee tamang

    Aug. 23, 2018, 10:43 p.m.

    एक दम ठिक कुर हो

  •  0 Reply

तपाईको प्रतिक्रिया