लुम्बिनी प्रदेशमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

 बैशाख १९, २०७८ आइतबार १२:३:२१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - शंकर पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।

प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेले भन्नुभयो, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । बहुमतीय सरकार एक/दुई दिनभित्र बन्नेछ ।’

प्रदेश सचिवालयमा दर्ता भएको आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आह्वान भएको विशेष अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो ।

संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बन्नु भएका पोखरेलले धारा १६८ को १ बमोजिम सरकार बनाउनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइएको छ । 

मुख्यमन्त्री पोखरेलले दिनुभएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गर्दै मौजुदा सरकारलाई अर्को सरकार नबन्दासम्मको लागि काम गर्न जिम्मेवारी दिनुभएको छ ।  

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २ जना र जनता समाजवादी पार्टीका ४ जना सांसद पदमुक्त भएपछि ८१ सदस्यीय बनेको छ । प्रदेश सभाको अङ्क गणितमा एमाले एक्लैसँग बहुमत रहेको छ ।

कर्णाली प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि पार्टीभित्रको असन्तुष्ट माधव नेपाल समूहका सदस्यले फ्लोर क्रस गर्न सक्ने सम्भावना देखिएकाले पोखरेलले राजीनामा दिनुभएको हो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया