चितवनमा थप आठ कोरोना सङ्क्रमितको ज्यान गयो

 बैशाख २२, २०७८ बुधबार १४:३१:५९ | राधेश्याम खतिवडा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चितवन – चितवनका दुई अस्पतालमा थप आठ कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा चार जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेमा धेरैजसो ५० वर्षमुनिका रहेका छन् ।  

मङ्गलवार दिउँसो साढे तीन बजेदेखि बुधवार बिहान साढे नौसम्म आठ कोरोना सङ्क्रमितको ज्यान गएको हो । २४ घण्टामा यति धेरै सङ्ख्यामा कोराना सङ्क्रमणबाट ज्यान गएको चितवनमा पहिलो हो । 

चितवन मेडिकल कलेजका सूचना अधिकारी डा. किशोर अधिकारीले ज्यान गुमाउनेहरूमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया