नेप्से पाँच अङ्कले घट्यो, महिला लघुवित्तको शेयर प्रतिकित्ता ४५ सय रुपैयाँभन्दा धेरै

 बैशाख २२, २०७८ बुधबार १५:३१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार (आज) पाँच अङ्कले घटेको छ । केही समूहको शेयर बढे पनि समग्र बजार पाँच दशमलव नौ अङ्कले घटेर दुई हजार ६ सय ४९ दशमलव ६० विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर पाँच अङ्कले, विकास बैंकको तीन अङ्कले, होटल तथा पर्यटनको ३७ अङ्कले, उत्पादनको ६७, जीवन बीमा समूहको ५५ र लघुवित्त समूहको शेयर चार अङ्कले घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।

आज दुई सय १८ कम्पनीका एक करोड ४८ लाख कित्ता शेयर ६ अर्ब २१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सकाे २३ करोड रुपैयाँको शेयर कारोबार भयो ।

आज आशा, लक्ष्मी, इन्फिनिटी र सबैको लघुवित्त कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि १७ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बजारमा कारोबार सुरु भएको चैत ३ गतेदेखि आजसम्म ४९ दिन लगातार बढेको महिला लघुवित्तको शेयर आज पनि १० प्रतिशतले बढेर प्रतिकित्ता चार हजार पाँच सय सय ७३ रुपैयाँमा पुगेको छ । एक हजार लगानी गरेका शेयरधनीले ३४ दिनमै ४५ हजार रुपैयाँभन्दा धेरै कमाएका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया