असार १७ पछि कतारमा पुरानो संस्करणको नोट नचल्ने

 बैशाख २२, २०७८ बुधबार १७:४८:५९ | उज्यालो सहकर्मी

काठमाण्डौ – कतारमा आउँदो असार १७ गतेपछि पुरानो संस्करणकाे कतारी नोट नचल्ने भएको छ ।

कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो असार १७ गतेपछि चल्ने छैन । 

पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।  आफूसँग भएका चौथौँ संस्करणको पुराना नोटहरू १ जुलाई अर्थात् आउँदो असार १७ भित्र उपयोग गर्न या नयाँ संस्करणको नोट साट्न सकिने छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया