पोखरालाई हराउँदै धनगढी एनएसएलकाे प्लेअफमा

 बैशाख २२, २०७८ बुधबार १९:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लँदै शीर्ष स्थान (प्लेअफ) मा स्थान सुरक्षित गरेकाे छ । 

दशरथ रङ्गशालामा बुधवार (आज) भएको खेलमा पोखरा थन्डर्स एफसीलाई एक–शून्यले हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसका लागि ६८ औँ दर्शन गुरुङले गोल गरे ।

आजको जीतसँगै धनगढी विराटनगरलाई पछि पार्दै १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । पोखराको भने चार खेलमा पाँच अंक रहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया