कोरोना विरुद्धको खोपलाई बाैद्धिक अधिकार बाहिर राख्न बाइडेनको समर्थन

 वैशाख २३, २०७८ बिहीबार ५:५०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोपलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्ने समर्थन गर्नुभएको छ ।

विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले कोरोना खोपलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्न गरेको पहललाई राष्ट्रपति बाइडेनले समर्थन गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकामा डेमोक्रेटिक सांसदसहित अरु भारत, दक्षिण अफ्रिका लगायत एक सयभन्दा बढी देशले महामारी नियन्त्रणका लागि एकैपटक धेरै खोप उत्पादन गर्नुपर्ने भएकाले यसलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्न दबाब दिइरहेका छन् ।

आविष्कार भएको खोप उत्पादन गर्न सक्षम उत्पादकलाई स्वतन्त्र रुपमा उत्पादन गर्न दिएमा चाँडो खोप उत्पादन भएर सहज आपूर्ति हुने र यसले महामारी नियन्त्रणमा सहज हुने विश्व व्यापार सङ्गठनको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डाक्टर टेड्रास गेब्रेसियसले कोरोना महामारी नियन्त्रणका लागि बाइडेनको समर्थन ऐतिहासिक भएको बताउनुभएको रोयटर्सले जनाएको छ । तर खोप आविष्कार गरिरहेका कम्पनीहरुले भने बौद्धिक अधिकार छुटको विरोध गरेका छन् ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया