म्यानचेस्टर युनाइटेड र भिल्लारियल युरोपा लिग फुटबलको फाइनलमा

 वैशाख २४, २०७८ शुक्रबार ५:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ ।

आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा ८-५ गोलको नतिजासहित युनाइटेड फाइनलमा पुगेको हो ।

युनाइटेडका लागि दुवै गोल इडिन्सन काभानीले गरे । पछिल्लो समय निराशाजनक  प्रदर्शन गर्दै आएको युनाइटेडले सन् २०१७ देखि कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन्, युरोपा लिगको फाइनलले युनाइटेडलाई उपाधिको आशा देखाएको छ ।

गएराति नै भएको अर्को खेलमा आर्सनलसँग बराबरी खेल्दै भिलारियल पनि इतिहासमै पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ । गएरातिको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगको २-० को नतिजाका आधारमा स्पेनिस क्लब भिल्लारियल फाइनलमा पुगेको हो ।

युनाइटेड र भिल्लारियलबीचको फाइनल खेल मे २७ तारिखमा हुनेछ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया