इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले शीर्ष स्थानको सिटीलाई हरायो

 बैशाख २६, २०७८ आइतबार ६:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ ।

गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलले हरायो । ४४ औं मिनेटमा सिटीका रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि ६३ मिनेटमा हाकिम जेइच र इन्जुरी समयको अन्तिम मिनेटमा मार्कुस एलोन्सोले गोल गरेर टिमलाई जिताए ।

जितसँगै चेल्सी ६४ अंकका साथ तेस्रो स्थानमा पुगेको छ । सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । गएराति नै भएका खेलमा लिड्सले टोटनह्यामलाई ३–१ गोलले, क्रिस्टल प्यालेसले सेफिल्डलाई २–० ले र लिभरपुरले साउथ ह्याम्प्ट्नलाई २–० गोलले हराएका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया