माधव नेपाल पक्षसँग वार्ता गर्न पौडेल र नेम्वाङ सिंहदरबारमा

 बैशाख २६, २०७८ आइतबार १६:८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाउनुभएको छ । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाउनुभएको हो ।

माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सोमवार (भाेलि) संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा दिने तयारी गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया