भक्तपुर प्रहरीले अस्पतालहरूलाई अक्सिजन सिलिन्डर उपलब्ध गराउन थाल्याे

 बैशाख २६, २०७८ आइतबार १६:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरमा प्रहरीले अक्सिजन सिलिन्डर सङ्कलन गरी अस्पतालहरूलाई उपलब्ध गराउन थालेको छ । अहिलेसम्म ९५ थान अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई उपलब्ध गराएको भक्तपुरका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले जानकारी दिनुभयो ।

प्रहरीले उद्योग, कलकारखाना, कवाडी सङ्कलन केन्द्रबाट २० थान भरिएको सहित ९५ थान ग्यास सिलिन्डर सङ्कलन गरेको हो ।

अक्सिजन अभाव भएको जानकारीका आधारमा भक्तपुर इन्टरनेशनल हस्पिटल प्राली कौशलटारमा १२ थान भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० थान खाली र पाँच थान भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा तीन थान भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ थान खाली सिलिन्डर वितरण गरिएको एसपी थापाले जानकारी दिनुभयो । अत्यावश्यक अवस्थाका लागि पाँच वटा अक्सिजनसहितको सिलिन्डर स्टकमा राखिएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया