इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

 वैशाख २७, २०७८ सोमबार ६:१६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

युनाइटेडले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै दोस्रो स्थानमा रहेको युनाइटेडले ३४ खेलमा ७० अंक जोडेको छ । एस्टन भिल्ला ४८ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गतकै गएराति भएको खेलमा उल्भ्सले ब्राइटनलाई २–१ ले हराएको छ भने आर्सनलले वेष्ट ब्रुमलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, वेष्ट ह्याम एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया