पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।
रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
देशभर सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । यसअघि बैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक हप्ता र त्यसपछि थप कडाइ गर्दै पुनः अर्काे एक हप्ता थप गरिएको थियो । भोलि रातिदेखि निषेधाज्ञा आदेशको समय सकिन लागेकाले थप गर्ने तयारी गरिएको हो ।
पछिल्लो समय काठमाण्डौ उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा कोरोना सङ्क्रमित भेटिँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।