बेइजिङबाट अक्सिजन सिलिण्डर बोकेर नेपाल एअरलाइन्स काठमाण्डौ आउँदै

 बैशाख २८, २०७८ मंगलबार ८:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अक्सिजन सिलिण्डर र भेण्टीलेटर लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आज नेपाल फर्किदैछ ।

हिजो राति बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज दिउँसो २ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । जहाजले चार सय थान खाली अक्सिजन सिलिण्डर, एक सय १० थान अक्सिनज कन्सन्ट्रेटर र १० वटा भेण्टिलेटर ल्याउनेछ ।

चीनले दिने २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याइँदैछ । बीस हजार सिलिण्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याउने योजना छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया