काठमाण्डाैका ठूला भवनलाई आइसोलेशन केन्द्र बनाइने

 बैशाख २८, २०७८ मंगलबार १६:५७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डाैमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रूपमा सञ्चालन गरी कोरोना सङ्क्रमितको उपचार प्रभावकारी बनाइने बताउनुभएको छ ।

काठमाण्डाैकाे बसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को मङ्गलवार (आज) निरीक्षण गर्दै कोभिङ–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजक पोखरेलले  मुख्यसचिव डा. शङ्करदास वैरागी र काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन टेलिफोनबाट निर्देशन गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यही हप्तादेखि नेपाली सेनाले त्यस केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित चल्न लागेको आइसोलेशन केन्द्रका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतअनुसार दुई सय शय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।

आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि कामपाले बजेट र नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् । आइशोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया