सिन्धुपाल्चोकका ३२ जनालाई वैदेशिक रोजगार छात्रवृत्ति

 भदौ ८, २०७५ शुक्रबार १४:६:५४
unn.prixa.net

रीना श्रेष्ठ

सिन्धुपाल्चोकका ३२ जना बालबालिकाले वैदेशिक रोजगार छात्रवृत्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जिल्लाका ८७ जना बालबालिकाले छात्रवृत्तिका लागि आवेदन दिएपनि ३२ जनाले मात्रै छात्रवृत्ति पाउने भएका हुन् ।

त्यसका लागि बोर्डबाट २ लाख ७६ हजार रुपैयाँ प्राप्त भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गौरीशंकर पाण्डेले बताउनु भयो ।बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारका बालबालिकालाई शैक्षिक छात्रवृत्ति दिने गरेको छ ।

करार अवधिभित्रै ज्यान गुमाएका अभिभावकका १ देखि ८ कक्षासम्म पढ्ने बालबालिकालाई ८ हजार र माध्यामिक तहमा पढ्नेहरुका लागि १२ हजार रुपैयाँ दिने गरिएको छ । 

तर सिन्धुपाल्चोकको ठूलो सिरुवारीकी निर्मला न्यौपानेले अघिल्लो दुई आर्थिक वर्षमा पाएको क्षतिपूर्ति यस पटक नपाएको गुनासो गर्नुभयो । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया