बालबालिकालाई दिने खोपमा ढिलाइ गरेर गरिब देशलाई सहयोग गर्न डब्ल्यूएचओको आग्रह

 जेठ १, २०७८ शनिबार ६:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बालबालिका तथा किशाेर किशाेरीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले बालबालिका तथा किशाेररकिशाेरीका लागि खोप दिनुको सट्टा गरिब देशका वयस्क मानिसको लागि सहयोग गर्न धनी देशहरुलाई आग्रह गर्नुभएको छ । उहाँले कोरोना विरुद्धको खोपको वितरण असमान् रहेको भन्दै पहुँच कम भएका मानिसलाई खोप पुर्याउन कोभ्याक्सका लागि आपूर्ति बढाउन आग्रह पनि गर्नुभयो ।

अमेरिकाले गएको हप्ता १२ देखी १५ वर्षका किशाेर किशाेरीलाई खोप दिने घोषणा गरेकाे थियाे । अरु देशले पनि तयारी गरिरहेका छन् । यसबाट कम आय भएका देशका वयस्क मानिसले खोप पाउने समय पर धकेलिने भन्दै डब्ल्यूएचओले अहिले वयस्क मानिस नै खोपको आवश्यकतामा रहेको बताएको छ ।

सबै स्वास्थ्यकर्मीहरुले समेत खोप नपाइरहेकोले अहिले स्वास्थ्यकर्मी लगायत कोरोना विरुद्ध अग्र पङ्क्ति मा रहेकाहरुलाई प्राथमिकता दिन पनि निर्देशक गेब्रियसको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया