इजरायल र प्यालेस्टाइनका राष्ट्रप्रमुखलाई बाइडेनको फोन, द्वन्द्व अन्त्य गर्न आह्वान

 जेठ २, २०७८ आइतबार ६:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तत्काल इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय समुदायले आग्रह गरेको छ । इजरायलले प्यालेस्टाइनको गाजामा मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाका राष्ट्रपति बाइडेनले दुवै देशका प्रमुखहरुलाई फोन गरेर द्वन्द्व अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइनका राष्ट्रपति ममम्मुद अब्बासलाई फोन गरेर तत्काल द्वन्द्व​ अन्त्य गर्न आग्रह गर्नुभएको हो । यस्तै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि दुई देशबीचको समस्या समाधानका लागि आवश्यक छलफल गर्न आजका लागि बैठक बोलाएको छ ।

इजरायलले हिजो गरेको आक्रमणमा परेर १० जनाभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । समाचार संस्था एपी र अल जजिराको कार्यालय समेत रहेको भवनमा इजरायलले मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ । इजरायलले शरणार्थी शिविरहरुमा हवाइ आक्रमण गरेको हो । गाजामा सक्रिय हमासका लडाकुलाई लक्षित गरी इजरायलले यो हप्ताको शुरुदेखि हवाइ तथा स्थल आक्रमण गरिरहेको छ ।

अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु भैररहेका छन् । केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुन सकेका छैनन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया