नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – महत्वपूर्ण खेलमा पराजित भएसँगै बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो ।
२८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३८ र ८९ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टा डी भिगोलाई जिताए । बार्सिलोनाको जम्मा ७६ अंक छ, अन्तिम खेलमा विजयी भएमा पनि उसको जम्मा ७९ अंक हुनेछ ।
यस्तै शीर्ष स्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आ–आफ्ना खेल जितेसँगै उपाधिको टुंगो अन्तिम खेलबाट मात्रै लाग्ने भएको छ । गएराति भएका खेलमा ओउसासुनालाई २–१ ले हरायो । यस्तै रियल मड्रिडले एट्लेटिको क्बललाई १–० गोलले हरायो । शीर्ष स्थानमा रहेको एट्लेटिका मड्रिडको ८३ अंक छ भने रियलको ८१ अंक छ ।
अन्तिम खेलमा एट्लेटिको पराजित भएमा या बराबरीमा रोकिएमा र रियल मड्रिड विजयी भएमा उपाधि रियलले लैजाने छ । तर रियलले बराबरी खेलेमा या पराजित भएमा उपाधि एट्लेटिकोको पक्षमा जानेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।