कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि साउदीमा रहेको नेपाली दूतावासले भौतिक रूपमा सेवा प्रदान नगर्ने

 जेठ ३, २०७८ सोमबार १६:२८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासका कर्मचारीमा कोरोना देखिएपछि भौतिक रूपमा सेवा बन्द भएको छ ।

पहिले पनि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र पुनः थप कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सम्पूर्ण सेवाहरू बन्द गरिएको दूतावासले जनाएको छ ।  

अत्यावश्यक काम परेमा भने फोनमार्फत दूतावासमा सम्पर्क गर्न सकिन्छ । तर अर्को सूचना जारी नभएसम्म दूतावासले भौतिक रूपमा भने सेवा नदिने भएको छ ।

दूतावासमा ०११४्र६१११०८ नम्बरमा बिहान ९ बजेदेखि ४ बजेसम्म सम्पर्क गर्न सकिन्छ । योसँगै दूतावासको हटलाइन नम्बर ०५५९३८९६०० वा इमेल ठेगाना [email protected] मार्फत पनि आफ्नो समस्या राख्न सकिने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया