हमास समूह वर्षाैं अघिको अवस्थामा पुग्यो : इजरायली प्रधानमन्त्री नेतान्याहु

 जेठ ५, २०७८ बुधबार ६:१७:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरुको कारबाहीबाट प्यालेस्टाइनको सुन्नी इस्लामिक कट्टरपन्थी समूह हमासमा ठूलो क्षति भएको बताउनुभएको छ ।

प्रधानमन्त्री नेतान्याहूले इजरायलले नौ दिनसम्म गरेको कारबाहीबाट आतंककारी समूहमा क्षति भएको र अब हमास धेरैवर्ष पहिलेको अवस्थामा फर्किएको बताउनुभएको बीबीसीले जनाएको छ । इजरालयले गाजामा हमासमाथिको कारबाही जारी राखेको छ भने हिजो प्यालेस्टाइनको रकेट प्रहारबाट इजरायलमा दुई जना विदेशी कामदारको पनि ज्यान गएको नेतान्याहुले बताउनुभयो । उहाँले आतंककारी समूहलाई पराजित गरेर इजरायलमा शान्ति स्थापना नहुञ्जेल कारबाही नरोकिने पनि बताउनुभयो ।

इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म एक सय भन्दा धेरै महिला र बालबालिका सहित कम्तिमा दुई सय १५ जनाको ज्यान गएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मारिनेमध्ये एक सय ५० भन्दा धेरै हमास समूहमा आबद्ध रहेका इजरायलले दाबी गरेको छ । इजरायलमा दुई बालबालिका सहित १२ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया