महाकालीमा पानीको बहाव बढेपछि डडेल्धुरासहित आसपासमा सतर्कता अपनाउन आग्रह

 जेठ ७, २०७८ शुक्रबार ६:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महाकाली नदीमा पानीको बहाव बढेपछि डडेल्धुरा र आसपासमा बाढी आउनसक्ने भन्दै चेतावनी जारी भएको छ ।

रंघुन-पन्तुरागाड नदी जलाधारमा ठूलो पानी परेको र अझै पर्ने भएकाले रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा आज दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

अहिले नै नदीमा पानीको बहाव खतराको तहभन्दा माथि गएको र अझै ६ घण्टासम्म निरन्तर पानी पर्न सक्ने सूचनामा उल्लेख छ । आज दिउँसोसम्म नदी किनार तथा आसपासका क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । भारतमा आएको ताउ-ते आँधीको प्रभावका कारण नेपालका पश्चिमी क्षेत्रमा पानी परेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया