ला लिगाकाे उपाधि एट्लेटिको मड्रिडलाई

 जेठ ९, २०७८ आइतबार ५:५९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ ।

गएराति भएको अन्तिम खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो ।

उसका लागि एञ्जेल कोरेया र लुइस सुआरेजले गोल गरे । भालाडोलिडले १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि त्यसलाई उल्ट्याउँदै एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि जित्न सफल भयो ।

गएराति एट्लेटिको मड्रिड बराबरीमा रोकिएको या हारेको भए उपाधि रियल मड्रिडको नाममा हुने थियो । रियलले हिजो नै भिलारियललाई २–१ गोलले हराएको थियो ।

यस्तै स्टार खेलाडी लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनाले एइबरलाई १–० गोलले हराएको छ ।

ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अङ्कसहित सिजनको अन्त्य गरेको छ । यस्तै ८४ अङ्कसहित रियल मड्रिड दोस्रो र ७९ अङ्कसहित बार्सिलोना तेस्रो स्थानमा रहेर यो सिजनको यात्रा टुङ्ग्याएका छन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया