घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - कोरोना सङ्क्रमणको उपचार गरेको ६ हप्ताभित्र बिरामीहरूलाई ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् ।
ढुसी सङ्क्रमण नभइ विभिन्न कारण हुने गरेकामा कोरोना सङ्क्रमणका कारण पनि हुने गरेको एम्सका न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरदचन्द्रले बताउनुभएको समाचारसंस्था एएनआइले जनाएको छ । मधुमेह नियन्त्रण हुन नसक्दा र बिरामीलाई भेन्टिलेसनमा राखेर पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ ।
यही कारण कोरोना सङ्क्रमितलाई पनि ६ हप्ताभित्र ब्ल्याक फङ्गस देखिने जोखिम रहेको उहाँले बताउनुभयो । सिलिन्डरबाट चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण ब्ल्याक फङ्गसजस्ता समस्या आउने उहाँको भनाइ छ ।
ब्ल्याक फङ्गसलाई भारतका राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडू जस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत सूचीकृत गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।