भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस, २९ राज्यलाई प्रकोप घोषणा गर्न आग्रह

 जेठ १०, २०७८ सोमबार ५:४९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस भएको पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको छ ।

प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ । कोरोना  निको भएको १२ देखि १८ दिनमा यसको सङ्क्रमण हुन सक्ने अनुमान गरिएको छ । यो रोग लागेपछि सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको डाक्टरले बताएका छन् । 

कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण ब्ल्याक फङ्गस देखा परेको हुनसक्ने डाक्टरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  मधुमेह भएका बिरामीमा यसको सङ्क्रमण धेरै हुने जोखिम छ ।  अहिलेसम्म भारतको गुजरात र महाराष्ट्र राज्यका यो रोगको बिरामी धेरै भेटिएका छन् । अन्य १५ वटा राज्यमा पनि यसको सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि भारतका २९ वटा राज्यमा प्रकोप घोषणा गर्न भनिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया