मोडर्नाले विकास गरेको कोरोनाविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी

 जेठ १२, २०७८ बुधबार ६:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको छ ।

यो खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीमा प्रभावकारी देखिएको हो । कम्पनीका अनुसार झण्डै चार हजार जनामा गरिएको परीक्षणमा खोप प्रभावकारी देखिएको छ । खोपको एक मात्रा मात्रै लगाएकाहरुमा भने प्रभावकारीता ९३ प्रतिशत मात्रै देखिएको छ ।

योसँगै अमेरिकाले यो उमेर समूहमा खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिने भएको छ । अमेरिकामा यस अघि १२ देखि १५ वर्षका उमेर समूहका लागि फाइजर खोपको अनुमति दिइएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया