यास नामक चक्रवातको असरका कारण देशका धेरै ठाउँमा वर्षा, शनिबारसम्म मौसम यस्तै रहने

 जेठ १२, २०७८ बुधबार ६:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

कााठमाण्डाै – नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको छ । चक्रवातको असरका परेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

हिजो बेलुकादेखि नै देशका धेरै ठाउँका पानी परिरहेको छ । गण्डकी, कर्णाली र वाग्मती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ काे केही ठाउँमा भने आज ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षासँगै उच्च बेगको हावाहुरी समेत चल्ने सम्भावना रहेकोले केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन मौसमविद्को सुझाव छ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने छ ।

प्रदेश १ को केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ भने अन्य वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने छ । यस्तै, पर्सि शुक्रबार भने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यस्तै पर्सि तराईका जिल्लाहरुमा उच्च बेगको हावाहुरीसहित ठूलो वर्षा हुने हुँदा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्ले आउँदो शनिबारसम्म नै मौसम यस्तै रहने बताएका छन् ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया