मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान

 जेठ १२, २०७८ बुधबार ६:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँतर्फ प्रस्थान गरेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम चाटर्ड उडानमार्फत गएराति इराक गएको हो ।

आउँदो शनिबार नेपालले बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न उतैबाट कुवेत जानेछ । विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अष्ट्रेलियासँग खेल्नेछ ।

मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडीको घोषणा गरिसकेका छन् । विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ । नेपाली टोली आउँदो २९ गते नेपाल फर्किनेछ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया