‘मेरै नेतृत्वमा सबै दल सम्मिलित चुनावी सरकार बनाऔँ’

 जेठ १४, २०७८ शुक्रबार १६:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने र यही सरकारमा सबै राजनीतिक दल सहभागी हुन प्रस्ताव गर्नुभएको हो ।

ताजा जनादेशमा जाने कुरा प्रतिगमन नभएको भन्दै उहाँले एक पटक फेरि ताजा जनादेश लिएर सरकार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आउँदाे कात्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि चुनाव तोक्नुभएको छ । यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । यसबारेको बहस संवैधानिक इजलासमार्फत सुरु भएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • गौतम दान बहादुर

    May 28, 2021, 8:03 p.m.

    वास्तवमा हाम्रो देशका नेताहरु धेरै जान्ने भए , देशको लागि होइन आफ्नो स्वार्थको लडाइ हुँदैछ हाम्रो देश नेपालमा ...

  •  0 Reply

तपाईको प्रतिक्रिया