निर्मला हत्या प्रकरणः डडेल्धुरामा प्रदर्शन जारी, गृहमन्त्रीको राजीनामा माग

 भदौ ९, २०७५ शनिबार १५:२२:४९ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – निर्मला पन्तको बलात्कार पछि भएको हत्याको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा पनि प्रदर्शन जारी रहेको छ । 

प्रहरीले वास्तविक दोषीलाई उम्काउन खोजेको र निर्दोष किशोर सनि खुनाको गोली हानी प्रहरीले ज्यान लिएको भन्दै डडेल्धुरामा शनिबार पनि आम नागरिकहरुले आन्दोलन गरेका हुन् ।

यसअघि अभियुक्तका रुपमा प्रहरीले दिलिप बिष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको यहाँका नागरिकहरुको आरोप छ । प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएको उनीहरुको भनाइ छ ।

यस्तै आन्दोलनकारीले गृहमन्त्रीको राजीनामा समेत मागेका छन् । आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायीलगायतको सहभागिता थियो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया