विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव–अध्ययन

 जेठ २१, २०७८ शुक्रबार ५:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाई सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परे पनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो ।

इन्भाइरोमेन्ट रिसर्च लेटर्समा प्रकाशित जर्मनीको लेइप्जीग विश्वविद्यालयको अध्ययनअनुसार वायुमा प्रदूषण घट्नुको साथै तापमान वृद्धिमासमेत सन्तुलन आएको छ । लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोकिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको चहलपहल कम भएको लगायतका कारणले जलवायु प्रदूषणमा न्यूनीकरण भएको देखाएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२० को मार्च र मे महिनामा गरिएको अध्ययन विशेषगरी हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा केन्द्रीत छ । अघिल्ला वर्षहरु त्यही समयमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको लेइप्जीग विश्वविद्यालयले जनाएको समाचारसंस्था एएनआइले जनाएको छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया