गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा बेलायतले नेपाललाई प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री ओली

 जेठ २२, २०७८ शनिबार १३:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई कोरोनाविरुद्धको खोप सहयोग गर्न आग्रह गर्नु भएको छ ।

नेपाललाई  खोप अत्यावश्यक भएको भन्दै प्रधानमन्त्री ओलीले बेलायतका समकक्षी बोरिस जोनसनलाई खोप सहयोग गर्न आग्रह गर्नु भएको हो । प्रधानमन्त्री ओलीले बीबीसीका दक्षिण एसिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा सहयोग गर्नु बेलायतको दायित्व हुने बताउनु भएको छ ।

उहाँले बेलायतका लागि नेपाली गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल प्राथमिकतामा पर्ने बताउनुभयो । ओलीले भन्नुभयो, ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुःख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु ।’

बेलायतका विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना महामारीमा नेपालसँग काँधमा काँध मिलाएर उभिने र स्वास्थ्य सामग्री तथा स्वास्थ्य विज्ञ पठाउन नेपाललाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया