कारभित्र मृत भेटिएका तीन बालकका परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले एक लाख रुपैयाँ राहत दिने

 जेठ २३, २०७८ आइतबार १०:१५:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - गएकाे वैशाख १८ गते दाङमा एउटै कारभित्र मृत भेटिएका तीन बालकको परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले प्रति परिवार एक लाख रुपैयाँका राहत उपलब्ध गराउने भएकाे छ ।

तुलसीपुर उपमहानगरको नगर कार्यपालिकाको बैठकले पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका ६ बरुवा गाउँका भीमबहादुर परियारका छोरा नाै वर्षका सन्दीप, सन्तोष परियारका छोरा सात वर्षका सुवास र किरण परियारका छोरा ६ वर्षका करण स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत भेटिएका थिए । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया