जाँडरक्सी खुवाइ राउटे समुदायका दुई युवतीलाई यौन दुर्व्यवहार गर्ने तीन युवा पक्राउ

 जेठ २३, २०७८ आइतबार ११:४३:६ | मुना हमाल
unn.prixa.net

काठमाण्डाै - राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन युवा पक्राउ परेका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

राउटे समुदायका दुई जना युवतीलाई होटलमा लगेर जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

अहिले राउटे समुदाय गुर्भाकोट नगरपालिकामा बस्दै आएका छन् । घटनाको अनुसन्धान गरिरहेको र राउटे बस्तीमा प्रहरीको टोली गएको डीएसपी घर्तीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • लाल खड्का

    June 7, 2021, 1:07 a.m.

    नेपालको लोकन्मुख जातिको रुपमा जंगली फिरिन्ते जिबन बिताउदै आएका राउटे जाती बिगत केही महिना अगाडि गुरास गाउपालिका ८ को स्थाइ बासिन्दा भै परिचयपत्र सहित सामाजिक सुरक्षा भत्ता स्वास्थसेवा सुबिधा जस्ता आधारभुत आबस्यक्ता लिदे आएको ! र हालसालै गुर्भाकोट नगरपालिका ११ आप सोति स्थित भेरी नदिको किनारमा बस्दै आएको सबैमा सर्बबिदित छ। केही दिन यता सामाजिक संजालमा निकै चर्चाको रुपमा राउटे सामुदायकी बहिनी सम्झना शाही र गाजलु शाहिमाथी गरियको यौन दुव्र्यवहार (बलात्कार )जस्तो जगन्ने अपराधिक क्रियाकलाप गरिएको भिडियो सार्बजनिक भए लगतै नगर प्रमुख स्थानीय सरकार प्रसासन , लगायत सबै निकायको गम्भीर ध्यानाकर्षण गराउदै यो घटनाको तथ्य सत्य छानबिन गरि कानुन बमोजिम दोषिलाइ कडा भन्दा कडा कार्बाही होस । यो एउटा सम्झना शाही मात्र नभै सङ्गो समाजमा बस्ने हजारौ सम्झना जस्तै हाम्रा दिदिबहनी संघ जोडिएको कुरा छ। आज एउटा राउटे समुदायकि चेलि मात्र नभै सङ्गो देशमा बस्ने चेलिहरु असुरक्षित भएको महसुस गरियको छु। समाजमा यस्ता क्रियाकलाप गर्ने जो कोहि लाई पनि समाज डन्डित बहिस्कार गर्ना र आजिबन जेल सजाए हुना जरुल छ ।ताकी यस्ता घटना फेरि दोरिना बाट रोखियोस! यदि यसो नभै पावर र पौचको भरमा अपराधीलाई सरक्षण गने काम कहि कतै बाट भयो भने फेरि यस्ता घट्नाले प्राथमिकता पाउदै जाने र सामाजमा दिनौ हाम्रा चेलिबेटी असुरक्षित हुने र यौन सोषण को सिकार भैराख्ने हुन्छ। त्यसैले यस्ता बृकितिका हटाउना सबैले आवाज उठाउना अपिल गर्दछु। घट्ना घटाउदै जाने र सामजमा यस्ता ब्यक्तिले उन्मुक्ती पाउदै जाने हो भने फेरि पनि यस्ता घट्नाले निरन्तता पाउने हुदा आगमी दिनहरुमा बलात्कार जस्ता जगन्ने अपराध हुना नदिना सम्झना जस्ती चेलिहरुको अस्मिता जोगा!इराख्ना सबैले यो समयमा अपराधी लाई कडा भन्दा कडा कानुनी सजाए दिनाका निम्ति सबैले बिभिना निकायलाई दबाब दिन सबैमा अनुरोध गर्दछु । ताकी कुनै राजनीति पावर पौच कारण अपराधी उम्किना नपाहोस। न्याय नमरोस सम्झना बहिनिले न्याय पाउनु पर्छ । न्याय मरेको देशमा -आज बर्षौ बिति सक्दा पनि बलात्कार पछि निर्मम हत्या भएकी निर्मला पन्त र भागिरती भट्ट जस्ता चेलिहरुले न्याय नपाएको उदाहरण थुप्रै छन यो राज्य यो सरकार आज यस्ता अपराधीहरुलाइ उसाह सरक्षण दिदै छ। राजनीति पावरको भरम कानुन किन बेच हुने मेरो देशमा पिछडिएको राउटे समुदायकि सम्झना शाही ले न्याय पाउछिन भन्ने बिश्वास एकरती पनि छैन्न । तपाईं हाम्रो आखामा छारो हाल्ना भोलि यहि राजनीति दलका मान्छे लागि पर्छ्न त्यसैले न्याय मर्छ कानुन किनबेच हुन्छ। त्यसैले समाजका यस्ता बिकृतीलाई निर्मम हत्या गर्ने कि जिबिन नै राख्ने भन्ने कुरा हो? यो ब्यक्ती संघ सरोकार को कुरा होइना यो अपराधीक प्रबिधी संघ सरोकार को कुरा हो ! सबैलाइ एक चोटि न्याय जिबित राख्ना अपराधी लाई कडा भन्दा कडा कानुनि कारबाही गर्ना माग गर्न अनुरोध गर्द्छु । लाल खड्का गुर्भाकोट १३ धन्यवाद 🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया