फेरि पनि पार्टीको महासचिव भएर भूमिका खेल्नुपर्ने आवश्यकता आयो : ईश्वर पोखरेल

 जेठ २३, २०७८ आइतबार १२:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफूलाई फेरि पनि पार्टीमै खटिने जिम्मेवारी आएको बताउनुभएको छ ।

उपप्रधानमन्त्रीबाट हटेपछि सामाजिक सञ्जालमार्फत पोखरेलले  अहिलेको अवस्था आफूले बुझेको र पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको बताउनुभएको छ ।  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्बन्धमा कुराहरू भएका र उहाँले परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पोखरेलको भनाइ छ ।

अहिले कतिपयले भन्ने गरेजस्तो सबैतिर छ पार्टी, तर कहीँ पनि छैन पार्टी जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती आफूलाई आइपरेको पोखरेलको भनाइ छ । पार्टीभित्रको एकतामा सङ्कट देखापरेको र यसलाई जोगाउन आफूले भूमिका खेल्नुपर्ने बेला आएको पनि पोखरेलले बताउनुभएको छ  ।

अन्तिम अपडेट: चैत १, २०८०

1 Comments

  • Biru

    June 6, 2021, 1:09 p.m.

    ३/४ को सरकार भताभुंग पार्ने नेकपा एमालेलाई मिल्न नसक्ने अवस्था पुर्याउने त्यो भन्दा बढी ओलीको राष्ट्रघाती हरेक कदममा दिलोज्यान दिएर लागिपर्ने कोविदको रोकथाम गर्ने जिम्मेवारीवाट लाचारीपना देखाउने अनि ओम्निमा भ्रष्टाचार गर्ने आजको दिनमा ओलीपछि सबैभन्दा नेपाली राजनीतिको पत्रु कोहि छ भने त्यो ईश्वर पोखरेल नै हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया