प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

 जेठ २३, २०७८ आइतबार १५:२१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन हुनुभएको छ । पार्टी एकता भएको एक वर्षपछि राउत बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन हुनुभएको हो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी पार्टीबीच २०७७ वैशाख ८ गते एकता भएको थियो । केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्र यादवको विवादले केन्द्रमा पार्टी विभाजनको सङ्घारमा पुगेका बेला प्रदेश २ मा बहुमतबाट दलको नेता चयन र विधानसमेत पारित भएको छ ।

जसपाका एक जना अध्यक्ष यादव जनकपुरधाम पुगेर आफू अनुकूल दलको नेता र विधान पारित गर्नुभएको हो । दलको नेता र उपनेता चयन भएको विषयमा प्रदेश सभा सचिवालयलाई आजै जानकारी गराउने बताइएको छ ।

समाजवादी र राजपा एकीकृत भए पनि दलको संयुक्त बैठक लामो समयदेखि हुन सकेको छैन । प्रदेश सभामा दुवै दलका नेता र प्रमुख सचेतक छुट्टाछुट्टै छन् ।  

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया