जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै
चैत १०, २०८१ आइतबार
काठमाण्डौ - सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गर्नुभएको छ ।
एमालेका नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू असन्तुष्ट भइ पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आज ६ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको हो ।
राष्ट्रिय राजनीतिक उतारचढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरूलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरूले अनौपचारिकरूपमा एकताका लागि पहल गरेका थिए । त्यसैको प्रत्युत्तरमा आज अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरू मूलभूतरूपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्रीबाट आफूलाई पदबाट हटाइ विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतमा दायर रिटबाट पार्टीका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनुपर्ने पनि प्रस्ताव गर्नुभएको छ । अध्यक्ष ओलीले यसबीचमा भएका कारबाही फिर्ता गरिने र कुनै पूर्वाग्रह र भेदभाव नराखिने पनि स्पष्ट गर्नुभएको छ ।
विज्ञप्तिमा ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर मात्रै देशकाे राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरिएकाे बताउनुभएकाे छ । तर पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण आफ्नाे प्रयास सफल हुन नसकेकाे उहाँले बताउनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राजन थापा
June 7, 2021, 6:13 a.m.2075 जेठ 3 गते बाट हिजो सम्म आउँदा 3 वर्ष 20 दिन बितेछन । अब फर्केर त्यही ठाँउमा पुग्न पनि 3 वर्ष 20 दिन नै त लाग्छ नि हैन त काका ?