एमालेको नेपाल पक्षले मत दिँदा जोगियो सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीको पद

 जेठ २५, २०७८ मंगलबार १३:२१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ । मङ्गलवार (आज) भएकाे मतदानमा उहाँको पक्षमा ३० र विपक्षमा नाै मत खसेको छ ।  

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित २५, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना सांसद छन् ।  मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १७ जना सांसदले मत दिएका छन् । एमालेको ओली पक्षका सात र जनता समाजवादी पार्टीका दुई जना सांसदले भने विपक्षमा मत दिए ।

५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । प्रदेश सभामा माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् । कांग्रेसका १२ जनाले मतदानमा भाग लिएनन् । एमालेको नेपाल पक्षले मत दिएपछि कांग्रेस सांसद तटस्थ बसेका हुन् ।

आज बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो । त्यस्तै कांग्रेस संसदीय दलको बैठकले आवश्यक परेमा विश्वासको मत दिने निर्णय गरेको थियो । एमालेकै सांसदले विश्वासको मत पुगेपछि कांग्रेसका सांसद मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिनुभएको हो ।  

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया