मैत्रीपूर्ण खेलमा पोर्चुगलले इजरायललाई चार गोलले हरायो

 जेठ २७, २०७८ बिहिबार ५:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोकपअघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गाेलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक/एक गोल गरे । ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।

युरोकप फुटबलमा पोर्चुगलले आफ्नो पहिलो खेल आउँदो मङ्गलवार हङ्गेरीसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया