फेरि मन्त्रिपरिषद् विस्तारको तयारी, सञ्चारमन्त्रीमा बादलकी पत्नीको चर्चा

 जेठ २७, २०७८ बिहिबार १२:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

उहाँले एमाले, पूर्व माओवादी समूह र जसपाका समेत नेता समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । यसको लागि ओलीले बिहान बालुवाटारमा नेताहरुसँग छलफल गर्नुभएको छ । छलफलमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योगमन्त्रीमा जसपाका राजकिशोर यादव लगायतको चर्चा भएको छ ।

‘नेताहरुसँगको छलफलमा एउटा सूची बनेको छ, प्रधानमन्त्रीले त्यसलाई फाइनल गर्दै हुनुहुन्छ ।’ एक नेताले उज्यालोसँग भने । यस्तै गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, नारदमुनि रानालाई वनमन्त्री, ज्वालाकुमारी साहलाई कृषि, मोहन बानियाँलाई विनाविभागीय र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया