गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले माग्नुभयो विश्वासको मत

 जेठ २७, २०७८ बिहिबार १२:५५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यक्रम छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएर प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका गुरुङले विश्वासको मत लिन लाग्नुभएको हो ।

उहाँले अस्ति २५ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनुभएको हो । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । गण्डकीमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ जना र एक जना स्वतन्त्र सांसद छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया