गएको २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए

 जेठ २८, २०७८ शुक्रबार १७:४९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।

नेपालमा  अहिले सङ्क्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  ९ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार सात सय ९ जना र ५ हजार ५ सय ८४ जनाको एन्टिजेनबाट परीक्षण गर्दा एक हजार ४१ जनामा सङ्क्रमण पाइएको हो ।

योसहित अहिलेसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ । यस्तै, गएको २४ घण्टामा थप ६७ जनाको ज्यान गएको छ । कोरोनाका कारण अहिलेसम्म ८ हजार ३ सय ५ जनाको ज्यान गएको छ । नेपालमा अहिले ७५ हजार २ सय ७५ जना सक्रिय सङ्क्रमित छन्।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया