युरोकपमा इटलीको विजयी सुरुवात, टर्की ३–० गोलले पराजित

 जेठ २९, २०७८ शनिबार ५:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । गएरातिदेखि सुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३–०  गोलले सहजै हराउन सफल भयो ।

टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एक/एक गोल गरे ।

इटली रहेको समूहमा स्वीट्जरल्याण्ड, वेल्स र टर्की रहेका छन् । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् ।

 जुलाई १२ गतेसम्म हुने खेल विभिन्न ११ सहरमा सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया