कोरोना भाइरस : अमेरिकामा १५ दिनमा सङ्क्रमण ४२ प्रतिशत घट्यो, चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई खोप लगाउँदै

 जेठ २९, २०७८ शनिबार ६:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । दुई हप्ताको अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्युदर २२ प्रतिशतले घटेको समाचारसंस्था एपीले जनाएको छ । खोप लगाउनेको सङ्ख्या बढेसँगै कोरोना सङ्क्रमण र मृत्युदर दुवै कम भएको हो ।

अमेरिकामा ४२ दशमलव ६ प्रतिशत मानिसले पूर्ण अर्थात दुवै मात्रा खोप लगाइसकेका छन् । झण्डै ५२ प्रतिशत मानिसले खोपको पहिलो मात्रा लगाएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार दुई सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन सय ९४ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

यसैबीच चीनले आफ्ना नागरिक जहाँ छन् त्यही ठाउँमा कोरोना विरुद्धको खोप दिइरहेको बताएको छ । अहिलेसम्म एक सय ५० वटा देशमा रहेका आफ्ना ११ लाख ८० हजार नागरिकलाई चिनियाँ खोप दिइसकेको चीनको परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । यस्तै चीनमा रहेका दुई लाखभन्दा बढी विदेशीहरुलाई पनि चीनले कोरोनाविरुद्धको खोप लगाइदिएको जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया