जब डेनमार्कका एरिक्सन मैदानमा नै बेहाेस भए ..

 जेठ ३०, २०७८ आइतबार ६:१६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ । एरिक्सन लडेपछि तुरुन्तै मेडिकलको टोली उपचारमा खटिएको थियो ।

उनलाई मैदानबाटै अक्सिजनसहित अस्पताल लगिएको थियो । उनी मैदानमा लडेपछि डेनमार्क खेलाडी चिन्तित थिए । डेनिस फुटबल एसोसिएशनका अनुसार एरिक्सन होस् मै छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । अझै केही परीक्षण बाँकी रहेको एसोसिएशनले जनाएको छ ।

युरोकपअन्तर्गत फिनल्याण्डसँग पहिलो हाफ चलिरहेका बेला एरिक्सन आफैँ लडेका थिए । क्रिस्टियानो रोनाल्डोसहित विश्वभरबाट एरिक्सनको शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको छ ।

एरिक्सन लडेपछि खेल केही समयका लागि रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा फिनल्याण्डले विजयी भएको छ ।  फिनल्याण्डले डेनमार्कलाई १–०  गोल अन्तरले पराजित गरेको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया