युरोकप फुटबल : अस्ट्रिया र नेदरल्यान्ड्स विजयी सुरुवात

 जेठ ३०, २०७८ सोमबार ५:२७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोकप फुटबल अन्तर्गत गएराति भएकाे खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३– १ गोलले हराएको छ । अस्ट्रियाका लागि स्टेफन, लाइनर र मार्कोले गोल गरे । नर्थ म्यासेडोनियाको लागि गोरन पाण्डेवले एक गोल फर्काए । 

गएराति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोलले हरायो । नेदरल्यान्ड्सका जर्जिनियो विनाल्डम, वाउट वेगहोस्ट र डेन्जल डम्फ्राइजले एक/एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल फर्काए । नेदरल्यान्ड्सले ५२, ५८ र ८५ औं मिनेटमा गोल गर्यो । यस्तै युक्रेनले ७५ र ७९ औं मिनेटमा गोल फर्काए पनि जितको लागि पर्याप्त भएन ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया