जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने

 जेठ ३१, २०७८ सोमबार १६:९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरूप चार अर्ब ८० करोड रुपैयाँभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आउँदाे सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मनी सरकारले अनुदानस्वरूप याे रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।   

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको काठमाण्डाैमा रहेकाे जर्मनीको राजदूतावासले जनाएको छ । 

नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि याे रकम प्रदान गरिने दूतावासले जनाएको छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया